Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनी ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इ–सेवा मनी ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौं ।
पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इ–सेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज भएको छ ।

नेपालीहरूले आफ्नो कम्प्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इ–सेवा वालेटमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिटमार्फत पठाएको रकम इ–सेवा मनि ट्रान्सफरको देशभर रहेका आठ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ । सम्झौतापछि इ–सेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले पेरू रेमिटसँगको सहकार्यले अष्ट्रेलियामा रहेका नेपालीलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको बताए ।

यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलीकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धतामा थप टेवा पु-याउने उनको भनाइ छ । यस्तै पेरू रेमिटका प्रबन्धनिर्देशक ईश्वर दाहालले अस्ट्रेलियामा रहेका नेपालीले आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट अब अन्त्य हुने बताए । साथै विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्सलाई वैधानिक तवरले भित्र्याउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने उनले बताए ।

पेरू रेमिट अस्ट्रेलियामा आधारित रहेर रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो, जहाँबाट अस्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स पठाउन सकिन्छ । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स पठाउन सकिने सेवा दिँदै आएको छ । इ–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया