Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका—कोलाले नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न २.४ करोड दिने

कोका—कोलाले नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न २.४ करोड दिने


काठमाडौं ।
कोरोना भाइरसको दोस्रो वेबको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरु तीव्र भएकाले नेपालमा कोका—कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु-याउन र फैलिएको महामारीलाई रोक्न २.४ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ ।

नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीई, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ । कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोषको सिर्जना गरेको छ । यो

कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया