Techie IT
×
गृहपृष्ठकर्पोरेटएनसेलले ल्यायो राहत प्याक

एनसेलले ल्यायो राहत प्याक


काठमाडौं ।
एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । कोभिड–१९ महाव्याधिको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ कम्पनीले उक्त अफरहरु ल्याएको हो ।

कम्पनीले ल्याएको प्रत्येक रिचार्जमा बोनस, डेटासेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्ने बताइएको छ ।

कोरोनाभाइरस रोगबाट बच्न अहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायम गर्दै भीडभाडबाट टाढा रहनु आवश्यक छ । यी ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपत्कालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रत्येक रिचार्जमा बोनस डेटा : यस अफरअन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा एक दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

त्यसैगरी सयदेखि एक सय ९९ रुपैयाँ, दुई सयदेखि दुई सय ९९ रुपैयाँ, तीन सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमशः सय एमबी, दुई सय एमबी, तीन सय एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी पाँँच सयदेखि नौ सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले पाँच सय एमबी बोनस डेटा तथा एक हजार वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले एक हजार एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन् ।

३० दिने डेटा प्याकमा डबल डेटा : गत मंगलबार (वैशाख २१) बाट सञ्चालनमा आएको यस अफरअन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युमबराबर नै थप डेटा बोनसस्वरुप प्राप्त गर्दछन् । ग्राहकले करसहित दुई सय ४९ रुपैयाँमा तीन दशमलव पाँच जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात् कुल सात जीबी डेटा पाउँछन् । त्यसैगरी करसहित तीन सय ९९ रुपैयाँमा छ जीबी डेटा लिने ग्राहकले थप छ जीबी बोनस गरी कुल १२ जीबी, चार सय ९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफर : यस विपद्को घडीमा कार्यलयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले करसहित मात्र ३१ रुपैयाँमा दुई जीबी एप डेटा प्राप्त गर्छन् । उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स, जुम तथा गुगल मिटजस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ ।

यसका साथै ग्राहकले एक सय ५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याकअन्तर्गत ग्राहकले करसहित मात्र एक सय २७ रुपैयाँमा १४ जीबी एप डेटा तथा तीन जीबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फ्रम होम अफरअन्तर्गतका प्याक आफ्नो आवश्यकताअनुसार रोज्न सक्छन् । प्याकअन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान डेटा शुल्क लाग्नेछ ।

डिजिटल प्लेटफर्ममार्फत प्याकहरुको खरिदमा बोनस : तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा हाल लागू भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेबसाइटमार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् ।

एक दिनको प्याक १८ रुपैयाँमा, सात दिनको प्याक ९८ रुपैयाँमा, १४ दिनको प्याक एक सय ३९ रुपैयाँ खरिद गरी एक सय ५० एमबीदेखि दुई जीबीसम्म बोनस डेटाको सुविधा लिन सकिन्छ । त्यस्तै ट्रिपल मजा प्याकअन्तर्गत सात दिनको प्याक एक सय नौ रुपैयाँ, १० दिनको प्याक एक सय ४७ रुपैयाँ र ३० दिनको प्याक चार सय ५९ रुपैयाँको खरिदमा शून्य दशमलव पाँच जीबीदेखि शून्य दशमलव ७५ जीबीसम्म बोनसको फाइदा लिन सकिन्छ ।

एनसेल सापटीमा विभिन्न सुविधा : एनसेलले यस कठिन परिस्थितिमा ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । यो योजना लागू भएसँगै ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२ सय एमबी डेटा पनि सापटीअन्तर्गत लिन सक्छन् । यस सुविधाका लागि ग्राहकले डेटा शुल्क, सेवा शुल्क र करसहित ८२ रुपैयाँ ५५ पैसापछि रिचार्ज गरी तिर्न सक्छन् ।

सापटी सेवामै ग्राहकले एक दिनको समयसीमा रहेको १५ मिनेटको टक टाइम कुल १२ रुपैयाँ ५५ पैसामा र दुई सय एमबी डेटा २२ रुपैयाँ ५५ पैसामा लिन सक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी सापटी लिन सकिने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया