Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।

हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ । यसको मूल उद्देश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।

लक्ष्मी हुण्डाईले सधैँ यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेका छन् । यसअघि लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्नुका साथै फिबर क्लिनिक स्थापनाको लागि पनि सहयोग गरेको थियो । लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया