Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाथी एपबाट घरमै पीसीआर परीक्षण गराउन सकिने

साथी एपबाट घरमै पीसीआर परीक्षण गराउन सकिने


काठमाडौं ।
राइड सेयरिङ एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ ।

लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पीसीआर स्वाब संकलन गर्न मद्दत गर्न लागेको हो । यसअघि कम्पनीले यात्रीहरुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो ।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठका अनुसार हाल उपत्यकामा मात्रै यो सेवा सुरु भए पनि आउँदो दिनमा यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि सेवा उपलब्ध गराइनेछ ।

अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै आइरहेकोले यही कुरालाई मध्यनजर गर्दै कम्पनीले विभिन्न संघ/संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारी थालेको उनले बताए ।

हाल घरमै पीसीआर परीक्षण गराउने यो सेवा काठमाडौंमा सुरु भइसकेको छ भने आगामी दिनमा देशका अन्य सहरहरुमा पनि उपलब्ध गराउने योजना लिइएको छ ।

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । सो एपमार्फत सिधै सेवा लिन सकिन्छ । साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया