Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैठौँ स्थानमा

टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैठौँ स्थानमा


काठमाडौं ।
साञ्जेनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्डजी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्स २०२१ ¥यांकिङ रिपोर्ट सार्वजनिक गरिएको छ । सो रिपोर्टमा ओप्पो आउटस्ट्यान्डिङ चाइनिज ग्लोबल ब्राण्ड बिल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ ।

विकसित बजारहरुमा ओप्पोको ब्राण्ड पावरमा सन् २०१८ देखि निरन्तर वृद्धि हुँदै ३० प्रतिशतभन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदीयमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ ।

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार पाँच वर्षदेखि ओप्पो सूचीमा सम्मिलित रहँदै आएको छ । साथै, कम्पनीको -यांकिङ प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ ।

कार्यक्रममा ओप्पोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्राण्डमध्ये ओप्पोले सधैँ उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रवर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको दाबी गरे । ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई मूर्तता दिँदै कम्पनीले उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने जानकारी समेत दिए ।

चाइना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका ग्रुप हेड शनशान शेङ्गले पनि ओप्पोको उपलब्धिका लागि बधाई दिँदै सम्मान व्यक्त गरे । ‘चिनियाँ ब्राण्डको प्रभाव विश्वव्यापी रुपमा बढ्दो छ । अझ धेरै चिनियाँ ब्राण्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्राण्डलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ माथि उक्लिन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ । यस वर्ष सूचीमा ओप्पोले उत्कृष्टता प्रदर्शित गर्न सफल भएको छ ।

ग्लोबल अन्तर्दृष्टि तथा संसाधनको जैविक संयोजनमार्फत आफ्ना विश्वभरका उपभोक्ताका स्थानीय आवश्यकताको सम्बोधन गर्ने ओप्पोको क्षमतालाई हामीले नजिकबाट नियालेका छौँ’, ग्रुप हेड शनशान शेङ्गले भने ।

क्यान्टार ब्राण्डजी ब्राण्ड इक्विटी र मूल्यांकन ज्ञान र अन्तर्दृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो । यसले विश्वभरका ११ बजारहरुमा रहेका आठ लाख ६० हजार उपभोक्ताको शोधमार्फत उद्देश्यपूर्णरुपमा विश्वव्यापी उपभोक्ताहरुको मस्तिष्कमा ब्राण्डको भ्यालु प्रस्तुत गर्दछ ।

सन् २००९मा अन्तर्राष्ट्रिय अपरेसन सुरु गरेदेखि हाल ओप्पोले आफ्नो आधिकारिक उपस्थिति विश्वका छ महाद्वीपमा रहेका ४० बजारमा जनाइसकेको छ । आईडीसीका अनुसार विश्वमै छैठौँ थान हात पार्दै सन् २०२१ को पहिलो क्वार्टरमा ओप्पोले विश्व मार्केट सेयरको १०.८ प्रतिशत हिस्सा ओगटेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया