Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको ग्राहक लक्षित ‘मेरो प्लान’ योजना साप्ताहिक प्याकमा

एनसेलको ग्राहक लक्षित ‘मेरो प्लान’ योजना साप्ताहिक प्याकमा


काठमाडौं, माघ १
एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु भएको एनसेलले जानकारी दिएको छ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु दुई जीबी प्लान र छ जीबी प्लान ल्याएको छ । दुई जीबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र ९५ रुपैयाँ ७७ पैसामा दुई जीबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात्एनसेल नेटवर्कभित्र करसहित मात्र एक रुपैयाँ २८ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी छ जीबी प्लान अन्तर्गत ग्राहकले करसहित मात्र एक सय ९१ रुपैयाँ ५४ पैसामा छ जीबी (४ जीबी + २ जीबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइ फ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथागुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्दहुने मेरो प्लानको विशेषता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि सात दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ ।

योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोबाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित दुई रुपैयाँ ५४ पैसामा प्रयोग गर्न सकिने एनसेलले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया