Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’

टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’


काठमाडौं ।
कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी अग्रपंक्तिमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतामा आइतबार टेलिकम र नेपाल चिकित्सक परिषद्÷नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिष्ट परिषद्÷नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्सँग हस्ताक्षर भएको छ ।

अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइनेछ । स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरु (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिष्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपश्चात् यो अफर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिमकार्डमा मात्र उक्त अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचयपत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फारम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिनेछ ।

यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया