क्यूआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना
काठमाडौं, माघ २
फोनपेले क्यूआरमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यास व्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । फोन पेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन् । लक्की ड्र मार्फत विजेता सार्वजनिक गरिनेछ । यो उपहार योजना ग्राहक र व्यापारीका लागि छ महिनासम्म लागू हुनेछ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक पाँच जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् ।
यस्तै हरेक हप्ता एक जना ग्राहक र एक जना व्यापारीले २५ हजार रुपैयाँबराबरको मोबाईल फोन जित्न सक्नेछन् । यसैगरी हरेक महिना १ जना ग्राहक र एक जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप तीन जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोनपेका हाल ७५ हजारभन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् । फोनपेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया