Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा

एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवाहरु लिन सक्छन् ।

कम्पनीका अनुसार यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ । ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उद्देश्यअनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो । यसैअन्तर्गत एनसेलले विविध सेवा सुविधाहरुसहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा शतप्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरु पनि रहेका छन् । यस कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकताअनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्छन् ।

विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा एक सय ५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (एक सय ३९ रुपैयाँ) लागू रहेको छ भने ट्रिपल मजाअन्तर्गत सात दिनको प्याक (एक सय नौ रुपैयाँ), १० दिनको प्याक (एक सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (चार सय ५९ रुपैयाँ)मा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन् ।

कोरोना महामारीले गर्दा घर–घरमै बस्नुपर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

ग्राहकले हाल सञ्चालनमा रहेको अनलाइनको खुसी अभियानअन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन् । यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ ल्याइएका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया