Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण

अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण


काठमाडौं ।
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२ मैनहियामा स्वास्थ्य चौकी भवन निर्माण गरी भवनको उद्घाटन गरेको छ । उक्त भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरेका हुन् ।

अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । सो भवनको उद्घाटन कार्यक्रम बुधबार सियारी–२, मैनहिया, रुपन्देहीमा रहेको थियो । उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका स्थानीयलाई पहिले स्वास्थ्यचौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएकोले उनीहरुको हितमा ध्यान राखेर स्वास्थ्यचौकी भवन निर्माण गरिएको बताए ।

कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनाएको छ । कम्पनीले मैनहिया गाउँपालिकाका विद्यालयलाई पठन पाठनका लागि सामग्री वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाइ, खाना र सडक निर्माणमा सहयोग पु-याउँदै आइरहेको छ ।

गत वर्ष कम्पनीले लुम्बिनी प्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि पाँच दशमलव एक मिलियन विनियोजन गरेको थियो । साथै सियारी गाउँपालिकालाई दुई लाख नगद र पाल्पा जिल्लाको तिनाउँ र माछागढी ग्रामीण नगरपालिकालाई २० लाखको राहत सामग्री वितरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया