Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेनेस सोलुसनको रणनीतिक उपलब्धि, साढे पाँच करोड लगानी प्राप्त

जेनेस सोलुसनको रणनीतिक उपलब्धि, साढे पाँच करोड लगानी प्राप्त


काठमाडौँ । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालिबाट पाँच दशमलव पाँच करोडबराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वल्र्ड बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।

मुख्यतः क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने जनाएको छ ।कम्पनीका अनुसार यस्ता उद्देश्यहरुमा आफ्नो सेवा÷उत्पादनको दायरा विस्तार र व्यावसायिक सीपको स्तरोन्नतिलगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।

‘बिजनेस अक्सिज प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशोधन र पछिल्लो प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्यसम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्नेछौँ । यसले दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई उचाइमा पु¥याउन एक उत्प्रेरकको भूमिका खेल्नेछ’, जेनेस सोलुसनको संस्थापक अन्जनी फुयालले भनिन् ।
त्यसैगरी, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

सिक्स सिग्मा ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आईबीएम, ईएक्सएल, भायानेट कम्युनिकेसनलगायत सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया