Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकिराना पसल बन्द गर्ने निर्णय फिर्ता लिन चेम्बरको आग्रह

किराना पसल बन्द गर्ने निर्णय फिर्ता लिन चेम्बरको आग्रह


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा गरिएको किराना पसल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ भेरिएन्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता किनारा पसल पनि बन्द गर्ने निर्णय गरेका थिए ।

चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गरी किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने बताएको छ । साथै किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिदा अत्यावश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलाई सुलभ आपूर्ति नहुने चेम्बरले जनाएको छ । चेम्बरले तोकिएको स्वास्थ्य मापदण्ड, भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिकबमोजिम किराना पसल खोल्ने व्यवस्था गर्न माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया