Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपग्याजम कमेडीलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड

नेपग्याजम कमेडीलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड


काठमाडौँ । स्ट्यान्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत वैशाख २० मा पाँच हजार छ सय ४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए । ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याज्मको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहाँ पुगेका थिए ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए । कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको ३०–३० मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया