Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको मी११ स्मार्टफोन सार्वजनिक

शाओमीको मी११ स्मार्टफोन सार्वजनिक


काठमाडौं ।
शाओमीले लोकप्रिय मी स्मार्टफोनको लाइनअपमा पछिल्लो मी११ स्मार्टफोन सार्वजनिक गरेको छ । मी११ ले क्वाल्कम आर स्न्यापड्रागन टीएम ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङसहित आफ्नो ग्राउन्डब्रेकिङ्ग इमप्रुभमेन्टभन्दा केही आधारभूत सुविधाहरुसहित डेब्यु गरेको छ ।

कम्पनीका अनुसार मी११ ले कुनै पनि नोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ । यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुसन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी११ ले क्रिस्टल–क्लियर इमेज क्याप्चर गर्दछ । १३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याक्रो लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । फ्रन्टमा २० एमपीको पञ्चहोल फ्रन्ट क्यामेराले होम स्क्रिनमा बेजेलहरुलाई न्यूनतम गर्दछ । मी ११ को कटिंग–ऐज भिडियो नाइट मोड टेक्नोलोजीले उज्जवल नाइट सुटिङको लागि यसको आरएडब्लु–लेभलको ध्वनि कम गर्न उद्योगको मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ । यसमा भएको छवटा एक–क्लिक एआई सिनेम्याटिक फिचरले आर्टसी सुटिङ्गलाई ब्रिज बनाउँछ ।

मी११ ले मार्केटमा एक उत्तम स्क्रिन प्रदान गर्दछ, जसले ए+रेटिङ प्राप्त गरेको छ । प्रिमियम १२० हट्र्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्लेको सुविधा रहेको मी ११ प्रयोग गर्नका लागि हेर्नुजत्तिकै प्रभावकारी छ । शाओमीले सबैभन्दा उन्नत प्रदर्शन यसको डब्लुक्युएचडी+ अल्ट्रा–हाई रेजोलुसन र १०–बीटको कलर टेक्नोलोजीले चम्काउँछ । ४८० हट्र्जको टच स्याम्प्लिङ रेट र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर रहेको मी ११ ले प्रयोगकर्ताहरुलाई सहजै र द्रुत रुपमा उनीहरुको उपकरणलाई इन्ट्रुसिभ नोच्स वा डिस्प्लेलाई अवरोध गर्ने बेजेल बिना अनलक गर्न मद्दत गर्दछ । मी ११ ले उन्नत डुअल एन्टि–ग्लेयर फ्रोस्टेड फिनिसिङलाई अँगालेको छ ।

कटिङ–एज ५ न्यानो मिटरको प्रोसेस टेक्नोलोजीको सुविधा रहेको मी ११ छिटो, अझ शक्तिशाली र यसको पूर्ववर्तीभन्दा बढी इफिसियन्ट छ । यस उपकरणले २के÷१२० एफपीएस÷एचडीआर गेमिङलाई मात्र समर्थन नगरी अक्टा–कोर डिजाइन र अल्ट्रा–लार्ज कोर एआरएम कर्टेक्स–एक्स १ पनि प्रदर्शन गर्दछ । यसको ३२०० मेगाहट्र्ज एलपीडीडीआर५ ले इन्क्रडिबल डाटा ट्रान्सफर गति सुनिश्चित गर्दछ, जसको गति ५५०० एमबीपी यसबाट ६४००एमबीपी यसमा बढेको छ । लेटेस्ट लिक्विड कुल हिट डेसिपेसन सिस्टमबाट सुसज्जित रहेको यो उपकरणले सहजै एक्स्ट्रिम गेमिङ र अन्य उच्च क्षमताको अपरेसनहरुसँग कुल रहेर कार्य गर्दछ । यसको साथै यसको ४६०० एमएएच(टाइप), ५५ वाट वायर्ड, ५० वाट वायरलेस र १० वाटको रिभर्स चार्जिङको ट्रिपल कम्बिनेसनले र बक्समा समावेश गरिएको कम्प्याक्ट तर शक्तिशाली ५५ वाटको जीएएन चार्जरले यो सुनिश्चित गर्दछ ।

मीयुआई १२.५ एक मीयुआई १२ मा आधारित इन्टरमिडिएट अपडेट हो । यसको सीपीयू युसेज पावर कन्जम्प्सनको बेलामा २२ प्रतिशतबाट १५ प्रतिशतमा घटेको छ । मीयुआई १२.५ को अर्को हाइलाइट भनेको अनइन्सटलेबल सिस्टम एप्लिकेसन हो । नयाँ सिस्टममा बहुमतका एप्लिकेसनहरु अनइन्सटल गर्न सकिन्छ । मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाइड र होराइजन ब्लु रंगको भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ८ जीबी -याम र २५६ जीबी रोम भएको यस स्मार्टफोनको नेपाली मूल्य ८९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया