Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोकोको अल–न्यू इन्टरटेन्मेन्ट बिस्ट पोको एम–३ नेपालमा सार्वजानिक

पोकोको अल–न्यू इन्टरटेन्मेन्ट बिस्ट पोको एम–३ नेपालमा सार्वजानिक


काठमाडौं ।
स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आफ्नो पछिल्लो स्मार्टफोन पोको एम–३ सार्वजनिक गरेको छ । ४८ एमपी ट्रिपल क्यामेरा सेटअप, छ हजार एमएएच ब्याट्री, सुन्दर एफएचडी प्लसको स्मार्टफोन डिस्प्ले र क्वाल्कम आर स्न्यापड्रागन टीएम ६६२ चिपसेटको साथ, पोको एम–३ योङ इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आईटी’ उपकरण हो ।

पोको एम–३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछ, यो ब्रान्डको पूर्ण रुपमा नयाँ क्याटागोरीमा पर्दछ । यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ । यसको एफ सिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुका लागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ ।

सम्झौताविना उत्कृष्ट ब्याट्री लाइफ : यसको क्लासमा भएको सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न सहयोग गर्दछ । यो फोन लाइट युजेजअन्तर्गत पाँच दिनभन्दा बढी टिक्ने र मोडरेट युसेजअन्तर्गत तीन दिनभन्दा कम टिक्ने आशा गरिएको छ । यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ । यसैगरी पोको एम–३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ । यसको ड्युरेबिलिटीको साथ साथै पोको एम–३ ले मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिङ स्पिड प्रदान गर्दछ । यो उपकरण २२.५ वाटको इन–बक्स चार्जरको साथ आउँछ ।

मनोरञ्जनको लागि आकर्षक डिस्प्ले : पोको एम–३ ले ६.५३ इन्चको एफएचडी प्लस डट डिस्प्ले २३४०×१०८० हाई रेजोलुसनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिङ एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ । यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ । पोको एम–३ एक साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरले सुसज्जित छ । डस्ट ब्लास्टरको साथ डुअल स्पिकर सिस्टम रहेको पोको एम–३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभवको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ ।

४८ एमपीको ट्रिपल क्यामेरा सेटअप, बोनस फोटोग्राफी सुविधा : फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम–३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गरेको छ, जुन दुई एमपीको म्याक्रो क्यामेरा र दुई एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ । यसैगरी उपकरणको आठ एमपीको सेल्फी क्यामेराले सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ । रमाइलोपन पोको एम–३ को क्रियटिभ न्यू सफ्टवेयर अफरिङहरुको साथ जारी रहन्छ । मुभी फ्रेमले फोटोहरुलाई सिनेम्याटिक फ्लेवर दिन्छ । नाइट मोडले कलर कन्ट्रास्टलाई बुस्ट गरेर अँध्यारो वातावरणमा लिइएको तस्बिरहरुलाई इन्हान्स गर्दछ भने कलर फोकसले स्पेसिफिक टोन्सलाई पप गर्दछ ।

शानदार मोबाइल प्रदर्शन : क्वालकम आर स्न्यापड्रागन टीएम ६६२ प्रोसेसरको सुविधा रहेको पोको एम–३ ले एक शानदार अनुभव प्रदान गर्दछ, जुन यस मूल्य तहमा पहिले कहिल्यै देखिएको थिएन । पोको एम–३ को ११ न्यानो मिटरको प्रोसेसरले उच्च प्रदर्शन, कम हिट उत्पादन र कम पावर कन्जम्पसन गर्दछ । दुई सय ग्रामभन्दा कम तौल रहेको पोको एम–३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ । रिडिजाइन गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सजिलैसँग पहुँच योग्य छ ।

उपलब्धता र मूल्य : पोको एम–३ तीनवटा रंग कुल ब्लु, पोको यल्लो र पावर ब्ल्याकको भेरियन्टहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ । यसको मूल्य चार जीबी प्लस ६४ जीबीको भेरियन्टमा १७ हजार नौ सय ९९ रुपैयाँ र चार जीबी प्लस १२८ जीबीको भेरियन्टमा १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया