Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपीसीआर जाँचमा मंगलमको साथ

पीसीआर जाँचमा मंगलमको साथ


काठमाडौं ।
नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले प्लम्बरहरुको लागि सुरु गरेको आवहान मंगलम केयरअन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरुवात गरेको छ ।

मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजिटिभ आएमा पाँच हजार रुपैयाँ औषधि खर्च व्यहोर्ने भएको छ । ‘मंगलम पाइप्सको लागि प्लम्बरहरु प्राविधिक मात्र नभएर हाम्रो परिवार पनि हुन् । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंग भएकोले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो ।

हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न र औषधि उपचार गर्न केही हदसम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ’, मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्धनिर्देशक अभिनव चुरिवालले भने । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया