Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रदेश २ सरकारले किन्यो अशोक लेल्यान्डका नौवटा दमकल

प्रदेश २ सरकारले किन्यो अशोक लेल्यान्डका नौवटा दमकल


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं. २ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त सहकार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आईएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नौ थान दमकल हस्तान्तरण गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आवको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।

अशोक लेल्यान्डको १६१६ आईएल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानी ‘शीबौरा कम्पनीको’ पम्प प्रयोग गरिएको छ जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकलजस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा पाँच हजार पाँच सय लिटर पानी अट्ने क्षमता रहेको छ । साथै दमकलमा पाँँच सय लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ ।

कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।

केही महिनाअगाडि अशोक लेल्यान्डको दमकल नेपालका विभिन्न नगरपालिका पूर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए । दमकलको कार्यक्षमता, यसमा रहेका अत्याधुनिक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया