Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअमेजन वेब सर्भिसेज एकेडेमी सुरु

अमेजन वेब सर्भिसेज एकेडेमी सुरु


काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जिनिस सोलुसनले गरेका हुन् । नेपालमा पहिलोपटक सुरु भएको यस एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछन् ।

सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ । यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जिनिस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको छ ।

यस एकेडेमीको सुरुवात भर्चुअल माध्यमबाट गरिएको थियो जसमा इन्जिनियरिङ प्रतिष्ठान, यूकेएड सीप तथा जिनिस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए । कार्यक्रममा देशमा हाल भइरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रुतगतिमा बढाउनेबारे भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृनिकाय, सञ्चारमाध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो ।

यूके एडका टिम लिडर बलजित भोराले यूकेएड सीपको जिनिसजस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, ई–मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्ने बताए ।

यूकेएड सीपको सहयोगमा जिनिस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ, जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहलअनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् ।

जिनिस सोलुसनका प्रमुख विश्वप्रविधि अधिकृत अन्जनी फुँयालले जिनिसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपीसीए नेपाल, लिपफ्रग तथा बुद्ध एयरजस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्यांक तथा जानकारीहरू अघि सारेको बताइन् । यूकेएड सीप र जिनिसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ । साथै दुई हजार एक सयभन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको छ ।

आफ्ना तथ्यांक तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानहरूमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड – १९ को महामारीले तीव्र बनाएको छ । त्यो भनेको क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउनसक्ने मानव संसाधनको बढ्दो आवश्यकता भएको अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले बताए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया