Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग


काठमाडौं ।
नेपाली उद्योग क्षेत्रका चिरपरिचित नाम ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोगस्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरिएको छ । सहयोगकै क्रममा क्रिएसन नेपाललाई पाँच लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, अछाम अस्पताललाई सात लाख ७० हजारबराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स र हेल्थी नेशन फाउण्डेसनलाई सात लाख ७० हजारबराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसका साथै गंगालाल अस्पताललाई पाँँच लाखको पीएपीआर सुट प्रदान गरेको छ ।

जर्मन अक्सिजन प्लान्टका लागि एनबीआईलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभियरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया