Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाद्वारा नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रिएसनलाई सहयोग

कोका–कोलाद्वारा नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रिएसनलाई सहयोग


काठमाडौं ।
कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण आइपरेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रिएसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरुमध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेसनले नेपाल रेड क्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

कम्पनीका अनुसार यो दुवै सडक र हवाइद्वारा परिवहनयोग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुनेछैन । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ । यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।

फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रिएसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ । अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ । यस्तै १८ हजारभन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउनेछन् भने पाँच हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ । स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया