Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया सी २० बजारमा

नोकिया सी २० बजारमा


काठमाडौं ।
एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० सार्वजनिक गरेको छ । नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित यो फोन अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ टीएम (गो एडिसन) र सुरक्षा अपडेट सबै भएको फोन हो । यस मोबाइलको मूल्य जम्मा १० हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउने कम्पनीको दाबी छ । यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ । ५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ यसमा लो लाइटमा पनि फोटो खिच्न सकिन्छ ।

ठूलो ६.५ इन्चको एचडी प्लस स्व्रिmनको साथ यसमा तीन हजार एमएएच ब्याट्री रहेको छ । दु्रत ४ जीका साथ यसबाट आफ्ना परिवारजनसँग फेसटाइममा इभन अन द मुभ सम्पर्कमा रहन सकिनेछ । यसको अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिङ सिस्टमले चिजहरुलाई दु्रत रुपमा सम्पन्न गर्न सी २० मा भर पर्न सकिन्छ । एन्ड्रोइड ११(गो एडिसन)ले एप्लिकेसनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउँछ । दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचरहरुको साथ फोन सुरक्षित रहनेछ ।

कम्पनीका अनुसार सी २० पातलो देखिदैँन, यो गुणस्तरीय सामग्रीबाट निर्मित छ । त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ । स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेसनमा नेपाली मूल्य १० हजार नौ सय ९९ रुपैयाँमा यो फोन पाइनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया