Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजलविद्युत्का श्रमिकले चार वर्षमा पनि पाएनन् पारिश्रमिक

जलविद्युत्का श्रमिकले चार वर्षमा पनि पाएनन् पारिश्रमिक


महेन्द्र शाही
सोलुखुम्बु, माघ ३
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको सोलुखोला तुइन्टार लघुजलविद्युत् आयोजनामा काम गरेका ११ श्रमिकले पारिश्रमिक नपाएको भन्दै गाउँपालिकामा निदेवन दिएका छन । २०७२ को वैशाख २९ गते काम सकेर गएका कामदारले पारिश्रमिक नपाएको भन्दै गाउँपलिकाको न्यायिक समितिमा निवेदन दिएका हुन् ।

पारिश्रमिक नपाउँदा घर व्यवहार सञ्चालनमा समस्या भएको ऐँसेलुखर्क गाउँपालिका ५ का एक श्रमिक नेत्र बहादुर बस्नेतले गुनासो गरे । लामो समय सम्म पारिश्रमिक नपाउँदा आफूहरुले उदारो समेत तिर्न नसकेको उनको भनाइ छ । पसलले पैसा मागरे हैरान गराएको उनको भनाइ छ । तर आफूले उदारो तिर्न नसकेको उनले सुनाए । लघुजलविद्युत् आयोजनामा काम गरेका ऐँसेलुकर्खको वडा नम्बर ५ को सानो डुम्रेका ११ जनाले १ लाख ५० हजार पारिश्रमिक पाउन बाँकी छ ।

बारम्बार रकम माग गरिएको भए पनि आफूहरुलाई भोलि भोलि भन्दै टारिएको अर्का श्रमिक भीम प्रसाद घिमिरेको भनाइ छ । आफूले गरेको परिश्रमको मूल्य नपाएकाले आफूहरु गाउँपालिकामा आउनुपरेको उनको भनाइ छ । दिनभरि काम गरेर गुजार चलाउनुपर्ने अवस्था रहेकाले लामो समयसम्म रकम नपाउँदा मर्का परेको श्रमिकको भनाइ छ । यस विषयमा उनीहरुलाई काम लगाउने समितिका अध्यक्ष जस कुमार राईले भने आयोजना निर्माणको काम गाउँपालिकाले लिएकाले आफूहरुले श्रमिकको पैसा तिर्न नसकेको बताए । आफूलाई गाउँपालिकाले रकम उपलब्ध गराएको खण्डमा रकम भुक्तानी गरिदिने राईको जवाफ थियो ।

यस सम्बन्धमा गाउँपालिका उपाध्यक्ष कुमार देवी शर्माले भने निवेदन आएको भन्दै यस विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताइन् । श्रमिकले कुनै पनि हालतमा पारिश्रमिक पाउनु पर्ने उनको भनाइ छ । जुनसुकै कारण भए पनि श्रमको मूल्य दिलाउने विषयमा आफ्नो पहल रहने उनले जानकारी दिइन् । यो जलविद्युत् आयोजना निकै लामो समयदेखि निर्माण नहुँदा स्थानीय सोलार बाल्न बाध्य समेत भएका छन् ।

राजनीति खिचातानीका कारण २०६२ सालमा निर्माण सुरु भएको आयोजना १३ वर्षसम्म पनि निर्माण हुनसकेको छैनन् । अहिले भने यो योजना निर्माणको जिम्मा गाउँपालिकाले लिएको छ । आयोजना निर्माणको जस कसले लिने भन्ने विषयमा कुरा नमिल्दा यस्तो अवस्था आएको स्थानीय सरोकारवालाले बताउने गरेका छन् । यो आयोजना २०६४ सालमा निर्माण सम्मपन्न गर्ने गरी २०६२ सालमा निर्माणकार्य सुरु भएको थियो । तर विभिन्न कारणले यो विद्युत् आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया