Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरले ल्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर

रिचार्जरले ल्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर


काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री वितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्वबजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले पाँच लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो । उत्कृष्ट ब्राण्डमध्ये काइया जेडवाई–५सीए ५ लिटर १७.८ किलो, क्यूजे–जेडवाई१० १० लिटर ३६ किलो र क्यारेर ब्राण्डको पाँच लिटरको सीआर–एफ५एसडब्लू, सीआर–पी५डब्लु अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् ।

लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविष्कार केन्द्रबाट जाँचपास भएको दुई वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि एक लाख ८८ हजार सम्ममा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा कोभिडसँग सम्बन्धित सामान खरिदका लागि रिचार्जर रोजाइमा परेको छ । एनजीओ, आईएनजीओ, अस्पताल, बैंक, फाइनान्स, को अप्रेटिभ, कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ ।

पल्स अक्सिमिटर, मास्क, सेनिटाइजर, पीपीई सेट, लगायतका सामान रिचार्जर एपमा सस्तो मूल्यमा उपलब्ध हुनेछ । एनआईसी एसिया बैंकको भिसाकार्ड वाहकले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नसक्ने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया