Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदी गो ई८ विद्युतीय कारको मूल्य घट्यो

दी गो ई८ विद्युतीय कारको मूल्य घट्यो


काठमाडौं ।
विद्युतीय सवारी ब्रान्ड दी गोले दी गो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारीसाधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो ।

सरकारले गरेको यस सकारात्मक कदमको सह्राहनास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दी गो ई८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार पाँँच सय रुपैयाँ तोकिएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारीसाधनको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दी गो ई८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दी गो ई८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहनेछ । दी गो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो ।

सरकारले विद्युतीय सवारीसाधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो । वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारीसाधनको लाभ निकै बढी छ । दी गो विद्युतीय सवारीसाधनहरु सुलभ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसैकारण गत वर्ष यी विद्युतीय वाहनको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढे पनि दी गो ई८ को मूल्य उच्च नराखिएको कम्पनीको दाबी छ । अहिले दी गो ग्रुपले स्टकमा रहेका सवारीसाधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो । यस कम्पनी मुलुकलाई हरतरहले विद्युतीय सवारीसाधनको लाभ दिलाउन अहिले पनि प्रतिबद्ध छ र भविष्यमा पनि रहनेछ ।

दी गो ई८ तत्कालै मानिसको ध्यान खिच्नसक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको सम्मिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ ।

एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनईडीसी २०० किलोमिटर) कुद्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घण्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दी गो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा एक रुपैयाँ १० पैसा मात्रै पर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया