Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकविलास रिसोर्ट एण्ड फनपार्कमा आकर्षक छुुट

कविलास रिसोर्ट एण्ड फनपार्कमा आकर्षक छुुट


काठमाडौं, माघ ३
चितवनमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रालिले आकर्षक सुविधा र छुटसहित सेवा आरम्भ गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रालिले पत्रकार सम्मेलनमार्फत भ्रमण वर्षलाई लक्षित गरी आफूले प्रदान गर्ने सेवा सुविधाहरुबारे जानकारी गराएको छ ।

कार्यक्रममा कविलास रिसोर्ट एण्ड फनपार्क प्रालिका अध्यक्ष बाबुराम उपाध्यायले भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी आकर्षक छुट र सुविधाको व्यवस्थासहित कबिलास रिसोर्ट एण्ड फनपार्क प्रालि स्थापना गरिएको बताए । ‘भ्रमण वर्ष २०२० भर यस रिसोर्टले रिसोर्टमा आई रात बिताउने ग्राहकहरुको लागि बिहानको ब्रेकफाष्ट र स्विमिङ्ग निःशुल्क गरिएको र फनपार्कको सबैको खेलमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ’– अध्यक्ष उपाध्यायले बताए ।

अन्य उत्पादन र सम्भावना खासै नभएको तर प्राकृतिक सुरन्दता भएकाले आफूहरुले त्यस ठाउँमा सो रिसोर्ट सञ्चालनमा ल्याएको बताए । सो रिसोर्टमा २०० जनासम्म बस्ने लजिङ्गको सुविधा भएको, पारिवारिक रुपमा बस्न मिल्ने, आफैले पकाएको खान मिल्ने, सात वटा पारिवारिक भिल्लाको व्यवस्था, फनपार्क, र वाटरपार्क, स्विमिङ्ग पुलजस्ता आकर्षण सुविधाहरु रहेका बताए । साथसाथै अर्नानिक फार्म हाउस, खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँस, नर्सरीको समेत व्यवस्था भएको अध्यक्ष उपाध्यायले जानकारी गराए ।

७५ जनाको समूहमा सञ्चालन भएको यो रिसोर्ट एण्ड फनपार्क २५ विघा क्षेत्रफलमा बनेको जानकारी गराउँदै अध्यक्ष उपाध्यायले चितवनका प्रसिद्ध शहरहरु टाँडी, पर्सा, भरतपुरलगायत भारतको केही ठाउँहरुको समेत अवलोकन गर्न सकिने हुँदा आफूले त्यस ठाउँमा रिसोर्टको स्थापना गरेको बताए  ।

त्यसैगरी कार्यक्रममा रिसोर्टका सल्लाहकार लक्ष्मीराम पौडेलले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कविलास रिसोर्ट आफूहरुले सञ्चालन ल्याएको बताए । कविलास रिसोर्ट सबैको आकर्षक गन्तव्य भएका कारण सबै त्यहाँ पुग्न आग्रह गर्दै भने, ‘भ्रमण वर्ष निजी र सरकारी सबै क्षेत्रका लागि एउटा महत्वपूर्ण अवसर हो ।’ यो समयमा पर्यटनको आगमनमा वृद्धि गरी आयआर्जनमा समेत वृद्धि गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग पु-याउने हुँदा भ्रमण वर्षलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग पु-याउनुपर्ने धारणा व्यक्त गर्दे पौडेलले भने, ‘सबैले आआफ्नो क्षेत्रबाट भ्रमण वर्षलाई सहयोग गर्नुपर्छ, सोही कारण कविलास रिसोर्ट एण्ड फनपार्कले पनि यस अवधिमा विशेष छुटको व्यवस्था गरेको छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया