Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनको घोषणा

ओप्पोद्वारा ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनको घोषणा


काठमाडौं ।
ओप्पोले ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनको घोषणा गरेको छ । अन्तर्क्रियात्मक वर्कशप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओप्पोले उक्त कम्पिटिसनमार्फत टेक स्टार्टअप्स र नवप्रवर्तनात्मक योजनाहरुलाई यस वर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि निमन्त्रणा गरेको छ ।

यस वर्षको प्रतियोगिता ‘सेन्सेसन एण्ड परसेप्सन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर÷भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उपविषयवस्तुमाथि आधारित हुने कम्पनीले जानकारी दिइएको छ । ओप्पोह्याक ग्लोबल इन्नोभेसन कम्पिटिसनले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओप्पोको उद्देश्य रहेको छ ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनुपर्ने हुन्छ । एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया