‘ऐतिहासिक फुलुङ्गी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ’
इलाम, माघ ३
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङ्गी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका छन् । किराँत माङहिम शिलान्यास तथा किराँतीहरुको महान् पर्व कक्फेवा तङनाम माघेसक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गर्दैै उनले सो कुरा बताएका हुुन् ।
मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गरेका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको बताए । ‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्यूले ज्ञान प्रप्त गर्नुभएको पवित्र भूमि यही हो’, उनले भने, ‘वर्तमान किराँत धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ज्यूले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि पनि यही हो । उनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किराँत धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानव हितका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
विश्वशान्ति र मानव एकताको कामना गर्दै दुुई लाख १७ हजार दुुई सय १६ बत्ती प्रज्वलन गर्नुभएका नेम्बाङले यो अवसर जुरेकोमा आफूलाई भाग्यमानी ठानेको बताए । उनले भने, ‘धेरै पहिलेदेखि यस ठाउँमा आउन चाहेको तर आउन नसकेको यसपटक भने आयोजकको निमन्त्रणाले इच्छा पूरा भएको छ ।’ यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किराँतीहरुको धार्मिक तीर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको काम समेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिए ।
कार्यक्रममा किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्वराज्यमन्त्री बेनुप प्रसाईं, प्रतिनिधिसभाका सांसद एल. पी. साँवा र स्थानीय तह प्रतिनिधिहरुका समेत उपस्थिति रहेको थियो । मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मिटर लामो पक्की पुलको समेत निरीक्षण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया