Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपुष्पतारा केडिया सेवा फाउण्डेसनद्वारा परिसंघ र चेम्बरको कोभिड फण्डमा आर्थिक सहयोग

पुष्पतारा केडिया सेवा फाउण्डेसनद्वारा परिसंघ र चेम्बरको कोभिड फण्डमा आर्थिक सहयोग


काठमाडौं ।
पुष्पतारा केडिया सेवा फाउण्डेसनले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको कोभिड फण्डमा आर्थिक सहयोग प्रदान गरेको छ । केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड– १९ बाट सृजित वर्तमान अवस्थालाई मध्यनजर गर्दै परिसंघद्वारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ र चेम्बरको कोभिड फण्डमा दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

फाउण्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ ।

कोभिड १९ को महामारीमा यस फाउण्डेसनद्वारा प्रदान गरिएको सो सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आम जनतालाई राहत पुग्नेछ फाउण्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया