Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा प्लास्टिक रिसाइक्लिङ गर्ने कोका–कोलाको प्रतिबद्धता

नेपालमा प्लास्टिक रिसाइक्लिङ गर्ने कोका–कोलाको प्रतिबद्धता


काठमाडौं ।
कोका–कोलाले नेपालमा वर्ल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ । विश्वकै ठूलोमध्येको एक हिमाल सफाइ कार्यव्रmमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा गरेको छ । २७ हजार छ सय ७१ किलोग्राम फोहोर, चारवटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लम जस्ता छवटा हिमालहरुबाट संकलन गरिएको छ । थप सेग्रिगेसन र रिसाइक्लिङको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उद्देश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको छवटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु हो । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाइ अभियानलाई सहयोग गर्दै आएको छ ।

वर्ल्ड विथआउट वेस्ट कार्यव्रmम सन् २०१८ मा लन्च गरिएको थियो । यो कायक्रम सन् २०३० सम्ममा सेल्सको सय प्रतिशतको प्याकेजिङको बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । पीईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ ।

कम्पनीले संकलन र रिसाइक्लिङ प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ । कोका–कोलाको साझेदारीले समुदायको नेतृत्वमा इन्टिग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिङलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेका छन् ।

यस्तै कोका–कोलाले पीईटी रिसाइक्लिङको गहन प्रमाण–आधारित प्रतिवेदन पेश गर्न ब्लु वेस्टसँग हातेमालो गरेको छ । यसले नेपालमा वरिपरिको परिपत्रको विस्तृत मूल्य निर्धारण गर्दछ । यसले भविष्यमा नेपालमा फोहोर व्यवस्थापनमा हस्तक्षेपको लागि सहयोग पु-याउनेछ । वल्ड विथआउट वेस्ट कम्पनीको अनगोइङ सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो, जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेय पदार्थहरुमा अनुमानित सय प्रतिशत पानी रिप्लेनिस गरेर सफलता हासिल गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया