Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेरो डाक्टरबाट निःशुल्क स्वास्थ्य परामर्श

मेरो डाक्टरबाट निःशुल्क स्वास्थ्य परामर्श


काठमाडौं ।
निजी विद्यालयका सम्पूर्ण प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुले घरमा नै बसेर मेरो डक्टर– अनलाइन भिडियो कन्सल्टेसन सर्भिसमार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्नसक्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र मिदास टेक्नोलोजिज प्रालिको संयुक्त सहकार्यमा एक महिनाको लागि निःशुल्क स्वास्थ्य परामर्श गर्नसक्ने व्यवस्था मिलाइएको हो ।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँड्डुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यो व्यवस्था मिलाइएको बताइएको छ ।

मिदास टेक्नोलोजिज प्रालिले सञ्चालनमा ल्याएको मेरो डक्टर सेवामा दुई सयभन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट मेरो डक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् । गुगल प्ले स्टोरबाट मेरो डक्टर एप डाउनलोड गरी उक्त सेवा लिन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया