Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविश्व वातावरण दिवसमा वातावरणीय स्थिरताका लागि कतार एयरवेज समूहको पहल

विश्व वातावरण दिवसमा वातावरणीय स्थिरताका लागि कतार एयरवेज समूहको पहल


काठमाडौं ।
विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय स्थिरता पहलहरूलाई प्रकाश पार्दै यस ग्रहको संरक्षण गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटेलहरूसहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको छ ।

कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा)मा उच्चस्तरमा मान्यताप्राप्त एयरलाइन हो भने २०२२ सम्म यात्रु क्षमता ५.३ करोडसम्म पु-याउने लक्ष्य बोेक्ने क्रममा यसको हब, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट उक्त क्षेत्रको पहिलो फोर स्टार ग्लोबल सस्टेनेबिलिटी असेस्मेन्ट सिस्टम (जीएसएएस) रेटिङ प्राप्त एयरपोर्ट हुनेछ भने यसको टर्मिनल पनि एलईईडी रजत प्रमाणित भवन बन्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया