Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस एनटर्क १२५ को १ लाख थान बिक्री

टीभीएस एनटर्क १२५ को १ लाख थान बिक्री


काठमाडौं ।
दुईपांग्रे र तीनपांग्रे निर्माता टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ को स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा एक लाख युनिटको बिक्रीको लक्ष्य पार गरेको जनाएको छ  । सन् २०१८ मा टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको कम्पनीको भनाइ छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री फर्स्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । कम्पनीका अनुसार टीभीएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियनका १९ देशहरुमा पुगेको छ ।

टीभीएस एनटर्क १२५ ले रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ । यो रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई)को साथ सुसज्जित पहिलो स्कुटर हो । यस स्कुटरले एक्स्क्ल्युसिभ टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टीभीएस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ । टीभीएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पिडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ, जसले नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्टजस्ता सुविधाहरुलाई समेटेको छ ।

नेपालमा टीभीएस एनटर्क १२५ को पहिलोपटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) अटो शोमा गरिएको थियो । त्यस बेलादेखि नै यो स्कुटर नेपाली ग्राहकहरुबीच पहिलो रोजाइ बन्न सफल भएको कम्पनीको दाबी छ । यो स्कुटर विशेष गरी युवाहरुका लागि डिजाइन गरिएको थियो । स्कुटर टीभीएस रेसिङ पेडेग्रीमा आधारित छ । साथै यसमा स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भ इन्जिनका रहेको छ । यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लन्च गरेको थियो, जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको कम्पनीको भनाइ छ । त्यसपछि जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च ग-यो ।

रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ, जसले रेगुलर ह्यालोजेन युनिटभन्दा राम्रो रोशनी प्रदान गर्दछ । यसका अतिरिक्त स्कुटरमा हजार्ड ल्याम्पहरु रहेको छ, जसलाई रातो रंगको हजार्ड स्विचको सहयोगमा स्विच अन गर्न सकिन्छ । यो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको यसले ‘रेस एडिसन’ प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्सको प्रस्तुति दिन्छ ।

यो रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनको साथ उपलब्ध छ । टीभीएस एनटर्क १२५ रेस एडिसनले ब्लुटुथमार्फत स्मार्टफोन जडानलाई पनि समर्थन गर्दछ । स्कुटरमा टीभीएस कनेक्ट नामको मोबाइल एप्लिकेसन पनि इन्सटल्ड छ । स्कुटरमा ऊर्जा प्रदान गर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले रेस्पेक्टिभ पावर प्रदान गर्छ र ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट प्रस्तुत गर्दछ । त्यसपश्चात् टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ एनटर्क १२५ सुपर स्क्वाड एडिसनको लन्च गरेको थियो ।

स्कुटरको विशेष एडिसन मार्भेलको एभेन्जर्स–आइरन म्यान, क्यापटेन अमेरिका र ब्ल्याक प्यान्थरजस्ता पात्रहरुद्वारा प्रेरित भएको छ । यसमा विशेष रंग र बडी ग्राफिक्सको समिश्रण पनि रहेको छ । स्कुटरमा उही बीयस४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले ९.४ बीएचपी ७५ सय आरपीएम र १०.५ न्युटन मिटर ५५०० आरपीएमको पावर प्रदान गर्दछ । कम्पनीका अनुसार टीभीएस एनटर्क १२५ आफ्नो सेगमेन्टमा रहेको एकल स्कुटर हो जसले फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट र ब्लुटुथ कनेक्टिभिटीको प्रस्तुति दिन्छ ।

सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने १२५ सीसीको प्रिमियम स्कुटर बन्न सफल भएको थियो । एनटर्क १२५ ले यो उपलब्धि नेपाली बजारमा सुरु गरेको दुई वर्षमा नै प्राप्त गरेको कम्पनीको भनाइ छ । नेपाली बजारमा यो स्कुटरले बीएस ४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक,३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ, जसले ९.४ बीएचपी७५०० आरपीएम र १०.५ न्युटन मिटर ५५०० आरपीएमको पावर प्रदान गर्दछ । नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध छ, रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन ।

रेगुलर एनटर्क १२५ को नेपाली मूल्य दुई लाख १८ हजार नौ सय (ड्रम) र दुई लाख ४५ हजार नौ सय (डिस्क) रहेको छ । यस्तै एनटर्क १२५ रेस एडिसनको नेपाली मूल्य दुई लाख ६१ हजार नौ सय र एफआईलाई नेपाली मूल्य दुई लाख ७७ हजार नौ सय अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली दुई लाख ६६ हजार नौ सय रुपैयाँ रहेको छ । टीभीएस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क, ड्रम र रेस एडिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लुको रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया