Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा

बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा


काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ । कोभिडसम्बन्धी सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन ब्यागको बिक्रीवितरण सुरु गर्नलागेको हो ।

जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचार्जर एपमा उक्त ब्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन दुई हजार रुपैयाँको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले पाँच सयदेखि पाँँच हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्नेछन् । एक लिटर क्षमताको उक्त पोर्टेबल ब्यागले ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउनेछ । उक्त अवधिमा बिरामीलाई अस्पताल पु-याउन पोर्टेबल अक्सिजनले सधाउ पु-याउनेछ ।

एकपटक अक्सिजन सकिएपछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट ब्यागमा फेरि भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पूर्ण रिफिल गर्न लकिन्छ । रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर नौ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क तीन रुपैयाँका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउनेछ ।

यसका साथै रिचार्जरले पाँच लिटर क्षमताको वाईयू३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार नौ सय ९९ रुपैयाँमा, ओगल्सको पाँच लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको एक लाख ३५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी पाँचदेखि १० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया