Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको एआर एप्लिकेसन साइबरियल कम्प्युटिङ प्रविधि सार्वजनिक

ओप्पोको एआर एप्लिकेसन साइबरियल कम्प्युटिङ प्रविधि सार्वजनिक


काठमाडौं ।
ओप्पोले नवनिर्मित एआर एप्लिकेसन साइबरियल स्थानीय कम्प्युटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै इन–हाउस एआई इन्जिनको प्रयोगमार्फत ओप्पोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाइ प्रदान गरेको छ । ओप्पो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनीयताका साथै सहजता पनि प्रदान गर्छ । ओप्पोले आफ्ना फ्ल्यागशिप स्टोर्समार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ ।

डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि व्यावसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ । तर, ओप्पोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत् सहजता भित्र्याएको छ । पहिलोपटक ओप्पो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षणविनै स्मार्टफोनमार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन् ।

निरन्तर–विकासित एआई इन्जिनद्वारा सञ्चालित यो एप्लिकेसनले बृहत् फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमूना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ । यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्बिर प्रोसेस गर्ने क्षमता राख्छ । यो पछिल्लो संस्करणसँग तुलना गर्दा चार गुणा तीव्र गति हो । यसरी स्क्यान गरिएका इन्टेरियर्समार्फत एप्लिकेसनले सहजरुपमा सटिक तथा तत्सम थ्रीडी रिकन्स्ट्रक्सन गर्ने क्षमता राख्छ । ओप्पोको एआर एडिटिङ टुलमार्फत स्टाफले आफ्नो आवश्यताअनुसार एआर विषयवस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन् ।

ओप्पोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेसन विथ अब्जर्भेसन कन्स्ट्रेन्ट्स) भिजुअल पोजिसनिङ अल्गोरिथमले भित्री स्थितिको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ । यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्सन एण्ड इन्ट¥याक्सनको एक समूहले गरेको हो । यसको शैक्षिक प्रयोग पनि व्यापकरुपमा गरिन थालिएको छ ।

सन् २०२०को युरोपियन कन्फरेन्स अन कम्प्युटर भिजन (ईसीसीभी) र कम्प्युटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर २०२०) मा उक्त समूहले लंग–टर्म लोकलाइजेसन श्रेणीमा दोस्रो स्थानको दुई अवार्ड हात पारेको थियो ।

प्रयोगकर्तालाई वास्तविक इमर्सिभ एआर अनुभव प्रदान गर्न ओप्पोले ६डीओएफ एस्टिमेसनको प्रयोग गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई कुनै पनि एंगल वा पोजिसनको भ्यू (दृष्टि) प्राप्त हुन्छ । प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स–आई भ्यूका लागि निहुरिन तथा तलबाट माथिको दृश्यका लागि थचक्क बस्न पनि सक्छन् ।

ओप्पो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनाथीमा तीव्रता ल्याउन सघाएको छ । यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्तामैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया