Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिषेधाज्ञा खुकुलो बनाउँदै लैजान माग

निषेधाज्ञा खुकुलो बनाउँदै लैजान माग


काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले कोभिड १९ को दोस्रो लहरको संक्रमण रोकथामको लागि हाल जारी गरिएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान सरकारसँग माग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गरी थपिँदो निषेधाज्ञाको अवधिका कारण अब जनता स्वयम्् नै सडकमा आउने सम्भावना प्रबल हुँदै गएको बताएका छन् ।

लामो समयको निषेधाज्ञाका कारण जनता दुःख, पीडा र अभावमा रहेकाले जनता आफँै सडकमा आउन बाध्य हुने र उक्त सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने नाडाले जनाएको छ ।

यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजानुपर्ने नाडाको माग छ । जनतालाई छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन पनि नाडाले सरकारसँग आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया