Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको मी ११ सिरिज स्मार्टफोन

शाओमीको मी ११ सिरिज स्मार्टफोन


काठमाडौं ।
शाओमी नेपालले मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर सार्वजानिक गरेको छ । कम्पनीका अनुसार मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँछ, जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पिकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् । यस्तै मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्दछ, जुन हाई प्राइसविना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ ।

मी ११ एक्स प्रो : कट अभोव द एज : मी ११ एक्स प्रो हाई–एन्ड क्वाल्कम आर स्न्यापड्रागन टीएम ८८८ चिपसेटको साथ काइरो टीएम ६८० सीपीयूकोे साथ एक्स्ट्रिम कम्प्युटेसनल स्पिड र इन्क्रेडिबल पावर इफिसियन्सी प्रदान गर्न सक्षम छ । यो फ्ल्यागशिप चिपसेट एड्भान्स पाँँच न्यानोमिटरको प्रोसेस टेक्नोलोजीको साथ आउँछ । यसमा एलपीडीडीआर५को -याम र स्विफ्ट एक्सपेरियन्स अनि मल्टिटास्किङको लागि हाई इफिसियन्सी प्रदान गर्न लेटेस्ट युएफएस ३.१ को फ्ल्यास मेमोरी इन्स्टल्ड छ । मी ११ एक्स प्रो ले स्लिम प्रोफाइल र लाइटवेट चेसिसलाई मर्ज गर्दछ ।

यो उपकरण मात्र १९६ ग्रामको छ । साथै यसले कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ दृश्यको एक्सपेरियन्स प्रदान गर्दछ । यसको अर्को उल्लेखनीय विवरण भनेको हेलो रिंग हो –मेन क्यामेरा सेन्सर नजिकको कस्मेटिक टच जसले समग्र कन्फिडेन्ट डिजाइन बढाउँछ । एक प्रिमियम फिनिस र ७.८ मिलिमिटरको मोटो ग्लास बडीको साथ आउने यस उपकरणले घण्टौँसम्मको लागि कडा र आरामदमयक पकड प्रदान गर्दछ ।

कम्पनीका अनुसार मी ११ एक्स प्रो डल्बी एटमस र एक डेडिकेटेड डुअल स्पिकर सेटअपको साथ सञ्चालित छ । प्रोफेसनल ट्यून गरिएको स्पिकरहरुले गेम्स, कार्यक्रमहरु र चलचित्रहरुको लागि अविश्वसनीय अडियो आउटपुट प्रदान गर्दछ । यसमा मा बेस्ट–इन–क्लास ट्रिपलक्यामेरा सेटअप रहेको छ, जसले फोटोग्राफी उत्साहीहरुको लागि १०८ एमपीको मेन क्यामेरा सेन्सरको मद्दतले प्रोफेशनल–ग्रेड फोटोग्राफी प्रदान गर्दछ । ट्रिपल क्यामेरा सेटअपमा १०८ एमपीको प्राइमरी सेन्सर रहेको छ, जसले ९–इन–१ २.१ माइक्रोमिटरको सुपर पिक्सेल सपोर्टको साथ असाधरण लो–लाइट पर्फमेन्स आउटपुट प्रदान गर्दछ ।

प्राइमरी सेन्सर आठ एमपीको अल्ट्रा–वाइड क्यामेरा सेन्सरको साथ उपलब्ध छ । साथै एफओभी ११९ डिग्री र पाँच एमपीको टेली म्याक्रो सेन्सरको साथ उच्च म्याग्निफिकेसन र राम्रो विस्तृत चित्रहरु पनि प्रस्तुत गर्दछ । २० एमपीको फ्रन्ट क्यामेराको साथ प्रयोगकर्ताहरुले अब उच्च–गुणवत्ताको सेल्फीहरु कब्जा गर्न र एक उत्कृष्ट भिडियो कलिंगको अनुभवको मजा लिन सक्छन् । मी ११ एक्स प्रोमा ८के रेकर्डिंग र अडियो जुम टेक्नोलोजी जस्ता सुविधाहरु रहेको छ । मी ११ एक्स प्रो एक विशाल ४५२० एमएएच ब्याट्रीको साथ आउँछ । यो ३३ वाटको दु्रत चार्ज टेक्नोलोजी रहेको यसमा १९ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यसको बक्समा ३३ वाटको फास्ट चार्जर पनि उपलब्ध रहेको छ ।

मी ११ लाइट : कुनै पनि सम्झौताविनाको अल्ट्रा–स्लिम स्मार्टफोन
६.५५ इन्चको एमोलेड डटडिस्प्ले र १० बिटको ट्रुकलर सपोर्टको साथ मी ११ लाइटले एक चम्किलो १.०७ बिलियन रंगहरुको उत्पादन गर्दछ, जुन यसको पूर्ववर्ती भन्दा ६४ गुणा बढी छ । यसले स्मुथर कलर ग्राडेसन र ह्युको बीचमा अझै बढी न्याचुरल ट्रान्जिसन प्रदान गर्दछ, जसले ब्यान्डिंगलाई घटाउने, ध्वनीलाई घटाउने र डिस्प्ले भ्यु भएको कुनै पनि एंगलबाट इमेजमा भएका ब्लेमिसहरुलाई हटाउने काम गर्दछ ।

यसमा डीसिआई–पी३ कलर ग्यामट फिचर गर्दै कलर पर्फमेन्सलाई हाई कलर एक्युरेसी र रिटेन्सन प्रदान गरेर अझै अप्टिमाइज्ड गरिएको छ । यसका साथै मी ११ लाइटमा एचडीआर१० प्लस रहेको छ, जसले अधिक डाइन्यामिक इमेज बनाउने अधिक लाइफलाइक भ्युइङ एक्सपेरियन्सको लागि सार्प कन्ट्रास्ट प्रदान गर्दछ । यसको लाइटको स्टनिंग पिक्चर क्वालिटी समान रुपमा स्पष्ट आवाजको साथ जोडिएको छ । डुअल स्पिकरहरुसँग सुसज्जित र हाई–रेसको अडियो र हाई–रेसको अडियो वायरलेसको साथ प्रमाणित रहेको मी ११ लाइटले ट्रली इमर्सिभ साउन्डको साथ एक एक्सेप्सनल लिसनिंग एक्सपेरियन्सको प्रदान गर्दछ । ९० हट्र्जको रिफ्रेस र २४० हट्र्जको टच स्याम्पलिंग रेटको साथ मी ११ लाइट प्रयोग गर्न उत्तिकै नै प्रभावकारी रहेको छ ।

मी ११ लाइटमा क्वालकम आर स्न्यापड्रागन टिएम ७३२ जीको ८ न्यानोमिटरको म्यानुफ्याक्चरिंग प्रोसेस टेक्नोलोजी र लिक्विडकुल रहेको छ । ४२५० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जिंगबाट सुसज्जित रहेको मी ११ लाइटले पूरा दिनको लागि लंग–लास्टिङ पावर र मल्टी–डे युजलाई प्रोत्साहन दिन्छ । मी ११ लाइटले शाओमीको नवीनताको उत्तराधिकार र बेस्टइन–क्लास स्मार्टफोन क्यामेरा टेक्नोलोजीलाई बोकेको छ । ६४ एमपीको मेन क्यामेरा र १/१.९७ इन्चको सेन्सरको साथ ट्रिपल रियर क्यामेरा एरे रहेको मी ११ लाइटले एक निम्बल र युजर–फ्रेन्डली एक्सपेरियन्सको प्रदान गर्दछ ।

८ एमपीको अल्ट्रा–वाइड क्यामेरा र ५ एमपीको टेलीम्याक्रो क्यामेरा राउन्ड आउटको ट्रिपल क्यामेरा सेटअपले प्रयोगकर्ताहरुलाई वाइड सिनरी सट्सहरु कब्जा गर्न वा स्टनिंग डिटेलका साथ क्लोजअपको म्याक्रो सट्सहरु लिन मद्दत गर्दछ । दुवै वाइड एंगल क्यामेरा र १६ एमपीको फ्रन्ट क्यामेराको साथ मी ११ लाई नाइट मोडका साथ लो–लाइटको अवस्थामा अप्टिमाइज्ड गरिएको छ । कम्पनीका अनुसार ६.८१ मिलिमिटरको माटाई र १५७ ग्रामको तौल रहेको मी ११ लाइटले आरामदायी र लाइटवेट इन–ह्यान्ड फिलको महसुस गराउँछ ।

कम्पनीका अनुसार मी ११ एक्स प्रो कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर कलर र मी ११ लाइट बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंक कलरमा उपलब्ध रहेको छ । मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मी ११ एक्स प्रो को नेपाली मुल्य ८ जीबी+ १२८ जीबीको ६४ हजार ९ सय ९९ र ८ जीबी+ २५६ जीबीको ६७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै मी ११ लाइट ६ जीबी+१२८ जीबीको ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया