Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुरोकपको प्रत्यक्ष प्रसारण डिसहोममा

युरोकपको प्रत्यक्ष प्रसारण डिसहोममा


काठमाडौं ।
नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इनब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ ।

रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सकिने डिशले जनाएको छ। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ ।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टीभी, च्यानल नम्बर ५४३, सीम टीभी च्यानल नम्बर १०५ र ९९१, मेरो टीभी च्यानल नम्बर ९००, नेट टीभी च्यानल नम्बर ५२९, डिओइएन टीभी च्यानल नम्बर ४२०० र प्रभु टीभी च्यानल नम्बर ७१६ बाट पनि हेर्न सकिने डिशले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया