Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डार्ई नेपालले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने

हुन्डार्ई नेपालले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने


काठमाडौं ।
हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भेहिकल (ईभी) विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आयोनिक नामक दुई मोडल छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् ।

अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको जनाएको छ । साथै आफ्नो ईभी गाडीहरुको बिक्री बढ्नेमा पनि विश्वस्त छ । कम्पनीका अनुसार विश्वभर मात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरणबारे सचेत भएका छन् । उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारीसाधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८/०७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ ।

यसकारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास छ । हाल हुण्डाई कोना–१०० किलोवाट ब्याट्रीको मूल्य ५६ दशमलव ९६ लाख, कोना १५० किलोवाट ब्याट्रीको मूल्य ७१ दशमलव ९६ लाख र आईओएनआईक्यू–१०० किलोवाट ब्याट्रीको मूल्य ५७ दशमलव ९६ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभई ईभी गाडीहरुका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेसनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ । हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्ट्सहरुको स्थापना गरेको छ । यी चार्जिङ पोइन्टसहरुमा हुन्डाई गाडीका उपभोक्ताहरुलाई निःशुल्क सवारीसाधन चार्ज गर्न प्राथमिकता हुनेछ । यद्यपि अन्य ब्राण्डका ईभी गाडीहरुका लागि चार्जिङ शुल्क भने ठाउँअनुसार फरक–फरक हुनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले कुपण्डोल, तीनकुने, पुल्चोक, सिनामंगल, थापाथली, पोखरा, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर, इटहरी, भरतपुर र बिर्तामोडमा चार्जिङ सेन्टरहरु रहेका छन् । साथै ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान् ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेसनहरू निर्माण गर्ने योजना बनाइरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया