Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘मेरी संगिनी’ परिवार योजना एप सुरु

‘मेरी संगिनी’ परिवार योजना एप सुरु


काठमाडौं ।
नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुबारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको हो । मेरी संगिनीबाट प्रदान गरिएको जानकारी प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने भए पनि विशेषगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सीआरएस कम्पनीले जानकारी दिएको छ ।

एपमा भएको ‘प्रायः सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसूचित छनौट गर्न मद्दत गर्नेछ । साथै एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मद्दत गर्नेछ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थायी गर्भनिरोधक साधनबारे सुसूचित छनौट गर्न सहयोग पु-याउने बताए ।

कम्पनीका प्रबन्धनिर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्तामाझ सही र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताए । मेरी संगिनी एप, यूएसएआईडीको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा कम्पनीद्वारा निर्माण गरिएको हो । यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ वटै जिल्लामा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया