Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोपा अमेरिका पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

कोपा अमेरिका पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने


काठमाडौं ।
कोपा अमेरिका २०२१ को खेलहरू पनि नेपालमा डिशहोममा प्रत्यक्ष हेर्न पाइने भएको छ । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्ट्समार्फत युरो कप २०२० प्रसारण गरिरहेको छ ।

युरोकपसँगै अब कोपा अमेरिका २०२१ पनि डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरू सहभागी दक्षिण अमेरिकी देशहरूको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।

नेपाली समयअनुसार मध्यरात तथा बिहानीपख हुने खेलहरू डिशहोमको रियालिटी टिभी तथा एक्सन स्पोर्टस एचडीमा नेपाली फुटबल फ्यानहरूले हेर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया