Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘किन्निहो डटकम’ इ–कमर्स वेबसाइट सुरु सबै सामान एकै ठाउँमा पाइने

‘किन्निहो डटकम’ इ–कमर्स वेबसाइट सुरु सबै सामान एकै ठाउँमा पाइने


काठमाडौं ।
दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इ–कमर्स वेबसाइट किन्निहो डटकम सुरु भएको छ । कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्स व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इ–कमर्स वेबसाइट सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ । किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म निःशुल्क डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले बताए । उनले नयाँ वेबसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।

कम्पनीले विगत एक दशकदेखि न्यु मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा व्यवसायको रुपमा कागज तथा पब्लिकेसनका लागि चाहिने सम्पूर्ण सामान बिक्रीवितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, इलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया