Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी जीटी बजारमा

रियलमी जीटी बजारमा


काठमाडौं ।
स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्वबजारमा बहुप्रतीक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ । जीटी सिरिज र पहिलो क्वाल्कम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ स्काई लीले वर्षको सुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्ल्यागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको बताए । उपभोक्ताका लागि अधिकतम फ्ल्यागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प-याई दैनिक जीवन सशक्तीकरण गर्ने कम्पनीको लक्ष्य रहेको र त्यही प्रतिबद्धताअनुसार आफूहरु अघि बढिरहेको उनको भनाइ थियो ।

एक नयाँ फ्ल्यागशिप किलर : रियलमी जीटीको डिजाइन ग्राण्ड टुर्स (जीटी) स्पोर्ट कारमा आधारित छ । यसले उच्च गति, लामो दूरीलगायतका असाधारण विलासी प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । यही अवधारणाअनुरुप रियलमीको जीटी सिरिजको यस फोनमा पछाडिपट्टि थ्रीडी लाइट प्रतिविम्ब गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइन र फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ ।

यो फोन नीलो र चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि शुटिङ एरो प्याटर्न देख्न सकिन्छ, जुन गति र प्रगतिशीलताको प्रतीक हो । यसैबीच भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध छ, जुन मोबाइल फोन डिजाइनमा एकदमै विरल रङ्ग हो । यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन हो, जुन अद्वितीय डिजाइन मात्र नभएर डिलक्स लुक्सका साथै फिंगरप्रिन्ट प्रतिरोध, एन्टी सोडर तथा एन्टी क्र्याक फिचरहरु रहेका छन् ।

रियलमी जीटी क्वालकम स्न्यापड्रागन ८८८ रहेको छ, जुन सम्भवतः सबैभन्दा परिस्कृत चिप हो । जसमा नयाँ प्रभावशाली एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । उन्नत प्रोसेसिङ टेक्नोलोजीका साथ यसमा जडित क्वाल्कम स्न्यापड्रागन ८८८ चिपले मोबाइल फोनलाई एआई कम्प्युटिङ पावरमा परिष्कृत संस्करणका रुपमा अघि सारेको छ । बलियो र ठूलो कोर्टेक्स एक्स वान कोर र तीन नयाँ संस्करणको उच्च प्रदर्शन गर्ने ए७८ कोरहरुले गर्दा फोनको सीपीओले सम्पादनलाई २० प्रतिशतसम्म बढाउनका साथै ब्याट्री खपतलाई ५० प्रतिशतसम्म कम गर्न सहयोग पु-याउँछ ।

कम्पनीका अनुसार ‘कुलेस्ट ८८८’ सिर्जना गर्ने उद्देश्यका साथ रियलमी जिटीले नयाँ पुस्ताका स्टेनलेस स्टिल भिसी कुलिङ सिस्टम प्रयोग गरेको छ । परीक्षणका क्रममा स्टेनलेस स्टिल भिसी कुलिङ सिस्टमले परम्परागत कपर भिसी कुलिङ सिस्टमको भन्दा ५० प्रतिशत कुलिङ पावर प्रदर्शन गरेको थियो । जुन सीपीयु कोरको तापक्रम १५ डिग्री सेल्सियससम्म तापक्रम घटाउन क्षमतावान् हुनु हो ।

साथै १८६ ग्राम भन्दा कम वजन र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ, जसले फोनलाई केवल ३५ मिनेटमा पुर्ण चार्ज गर्न सहयोग गर्छ । यसमा ६.४३ इन्च १२० हर्ट्जको सामसुङ्ग सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको अगाडि र पछाडिको डुअल प्रकाश सेन्सरले ४०९६ को स्वतः चमक स्तर प्रदान गर्दछ ।

यस्तै प्रमुख ५जी ब्यान्डबाहेक, रियलमी जीटीले प्रचलित उद्योगको द्रुत वाइफाइ र नवीनतम ब्लुटुथ टेक्नोलोजी समर्थन गर्दछ । स्मार्टफोनमा डल्बी एटमस डुअल स्टीरियो स्पिकर, हाई–रेज अडियो, र ३.६ एमएम अडियो ज्याक रहेको छ । रियलमी जीटीमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान छ, जसमा नयाँ नाइट पोट्रेट मोड र एआई क्षमता रहेकोले व्यावसायिक फोटोहरू खिच्न सकिन्छ । कम्पनीका अनुसार रियलमी जीटी पहिलो उपकरणहरूमध्ये एक हो, जुन एन्ड्रोइड १२ बीटा १ लाई समर्थन गर्दछ ।

रियालमी जिटी शृंखलामा उपलब्ध जीटी मोड, विशिष्ट प्रदर्शन चाहने प्रयोगकर्ताहरूको लागि सिर्जना गरिएको हो । यसमा उच्च प्रदर्शन गर्ने फुल सिन कभरेज मोड र हाई–फ्रेम–रेट गेमिंगको थप अप्टिमाइजेसन समावेश गरिएको छ । रियलमी जिटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्डलगायत केही बजारमा उपलब्ध गराइएकोमा चाँडै विश्वभरका बजारमा पु¥याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । कम्पनीले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ ।

कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चासो राख्ने युवाहरुलाई लक्षित गरी ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । यस्तै आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु-याउने बताएको छ । कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिकालगायतका देश गरी ६० वटा ठूला बजार छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया