Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवराज नगरपालिकाले किन्यो अशोक लेल्यान्डको दमकल

शिवराज नगरपालिकाले किन्यो अशोक लेल्यान्डको दमकल



काठमाडौं ।
कपिलवस्तुस्थित शिवराज नगरपालिकाले आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डको सुविधासम्पन्न वारुणयन्त्र (दमकल) खरिद गरेको छ । नगरपालिकाले खरिद गरेको उक्त सुविधासम्पन्न वारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आईएमई मोटर्सले संयुक्त रुपमा नगरपालिकालाई हस्तान्तरण गरेको छ । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो वारुणयन्त्र (दमकल) आईएमई मोटर्स प्रालिका कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख अधिकारीले आगलागीका घटनामा नगरवासीको जिउधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने बताए । अशोक लेल्यान्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा चार हजार लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा पाँच सय लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ । यस प्रकारको अत्याधुनिक वारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको कम्पनीले जनाएको छ ।

केही महिनाअगाडि अशोक लेल्यान्डको दमकल पूर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताए । कार्यक्षमता र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको वारुणयन्त्र (दमकल)मध्ये पर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया