Techie IT
×
गृहपृष्ठकर्पोरेटदराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश, अनलाइन पेमेन्टमा विशेष छुट

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश, अनलाइन पेमेन्टमा विशेष छुट


काठमाडौं ।
अनलाइन बजार कम्पनी दराजको बैंक डेज अफरमा थप तीन बैंक समावेश भएका छन् । कम्पनीले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

कम्पनीले यी थप गरिएका बैंकहरुका साथै दराजका चार अन्य साझेदार बैंकहरू सानिमा बैंक, एनआईसी एसिया बैंक, नाबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्नलागेको हो । दराज बैंक डेजमार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् । माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार माछापुच्छ्रे बैंक र मेगा बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशतदेखि पाँच सयसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् भने हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् ।

यसैगरी दराज बैंक डेज अफरअन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छुटको मजा लिन सक्नेछन् । सोमबार सानिमा बैंक र बुधबार एनआईसी एसिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउनेछन् । यस्तै शुक्रबार नबिल बैंक र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशतदेखि अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य रहने कम्पनीको भनाइ छ । यसबाहेक, कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गई बैंकहरुले दिएको चरणहरू अनुसरण गर्न सक्नेछन् । त्यसैगरी इच्छुक ग्राहकहरूले अब माथि उल्लिखित कुनै पनि बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिनसक्ने दराजले जनाएको छ ।

 

 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया