Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी नेपालद्वारा नोट १० एस सार्वजनिक 

शाओमी नेपालद्वारा नोट १० एस सार्वजनिक 


काठमाडौं
शाओमी नेपालले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ, जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, आठ एमपीको अल्ट्रा–वाइड लेन्स, दुई एक्स क्षमताको साथ दुई एमपीको म्याक्रो क्यामेरा र दुई एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ यसले प्रयोगकर्ताहरूलाई ग्रुप फोटोहरू र ल्यान्डस्केप शट्सहरू सजिलै कब्जा गर्न मद्दत गर्दछ ।

क्यामेरा एप्लिकेसनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिङ, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया क्रिएटरहरूलाई निर्माण गरिएको छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई एकदमै जटिल अवस्थाको प्रकाशमा पनि टाइम ल्याप्सहरू शुट गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

रेडमी नोट १० एसले क्वालिटी सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ । साथै यसमा १६.३३ सेन्टिमिटर(६.४३) फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइङ एक्सपेरियन्सको लागि रहेको छ । यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ, जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइङ एक्सपेरियन्सको लागि अधिक सटिक ढंगले डिटेक्ट गर्नुका साथै स्क्रिनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ ।

१८० हट्र्जको टच स्याम्पलिङ रेटको सुविधा राख्दै यसले गेमिङको बेलामा प्रयोगकर्ताहरूलाई एक पिन–पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कम गर्दछ । रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट–नचको साथ एक बेजेल–लेस डिस्प्लेको प्रस्तुत गर्दछ । डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्छ ।

रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेटद्वारा सञ्चालित छ, जुन अल्टिमेट गेमिङ एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । यसको सीपीयूमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ, जुन २.०५ गिगाहट्र्जसम्म कल्कड अप हुन्छ र जीपीयू एआरएम माली जी ७६ रहेको छ । यो नौ सय मेगाहट्र्जसम्म कल्कड अप हुन्छ ।

छ जीबीको एलपीडीडीआर४एक्सको -यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किङ र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ । यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिङलाई सुनिश्चित गर्दछ । पावरको लागि यसमा यूएफएस २.२ को हाई–स्पिड स्टोरेज पनि रहेको छ ।

कम्पनीका अनुसार न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो, जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ । अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ, जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशतसम्म घटाइएको छ । रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँछ र फाइनल भर्जन ओटीएमार्फत चाँडै रोल आउट हुनेछ ।

रेडमी नोट १० एसले न्यू इभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ ।

स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ । यसमा पाँच हजार एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यो ७८ मिनेटमा सय प्रतिशत चार्ज गर्न र ३० मिनेटमा ५४ प्रतिशतसम्म चार्ज हुन्छ । साथै यसमा उच्चतम गुणस्तर मापदण्डहरूलाई कायम गर्दै कर्निङ आर गोरिल्ला आर ग्लासको साथ उपलब्ध छ । आईपी ५३ रेटिङ र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धूलो र पानी प्रवेशविरुद्धको सुरक्षा सुनिश्चित गर्छ । कुनै पनि हिटिङ समस्याहरूबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध छ ।

कम्पनीका अनुसार रेडमी नोट १० एस तीनवटा डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक रंगमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू आइतबारदेखि नै उपलब्ध छ । यसको नेपाली मूल्य छ जीबी+६४ जीबीको २४ हजार नौ सय ९९ रुपैयाँ र ६ जीबी+१२८ जीबीको २६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया