Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिम्बसद्वारा सहायता केन्द्रहरूलाई १० लाखभन्दा धेरै मास्क वितरण

निम्बसद्वारा सहायता केन्द्रहरूलाई १० लाखभन्दा धेरै मास्क वितरण


काठमाडौं ।
कोभिड–१९ को दोस्रो लहरको कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरूका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई नेपालभरि एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनहरूलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

उच्च गुणस्तरको प्रो–टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोलयुक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो–टेक निम्बसको स्वास्थ्य सामग्री उत्पादन गर्ने अंग हो । निम्बसको यस स्वास्थ्य सामग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरू नेपाल प्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन् । कोभिड–१९ को संकटको समयमा निम्बसले यस कल्याणकारी कामलाई जारी राख्ने समेत जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया