Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई नयाँ वर्ष योजना असार अन्तिमसम्म विस्तार

हुन्डाई नयाँ वर्ष योजना असार अन्तिमसम्म विस्तार


काठमाडौं ।
हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ’ असार ३१ गतेसम्म विस्तार गरेको छ । पहिले यस योजनाको अवधि १९ चैत २०७७ देखि १७ वैशाख २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९ रोक्न लगाइएको निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । कम्पनीले ग्राहकवर्गलाई मध्यनजर राखी यस योजना असार ८ देखि ३१ गतेसम्म पुनः सुचारु गरिएको जनाएको छ ।

यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिनेछ । यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्र्याच कार्डमार्फत ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बीमा सुविधा प्राप्त गर्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरूमा छ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरू तथा सर्भिस सेन्टरहरू कोभिड–१९ को सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गरिने कम्पनीले जनाएको छ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको समेत बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरू तथा १७ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया