Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएडीए र आउटरिचबीच सहकार्य

एडीए र आउटरिचबीच सहकार्य


काठमाडौँ ।
एडीएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्रान्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवर्द्धन अभ्यासको थालनी गर्ने भएको छ । यो साझेदारीले आउटरिचले बिजनेस इन्साइट, डाटा इनरिचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरुको मानसिकता बुझ्न र डिजाइन डाटा (ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजिज) तय गर्न मद्दत पुग्ने बताइएको छ ।

दक्षिण र दक्षिण पूर्वी एसियामा पहिलेदेखि नै प्रभावकारी रुपमा सञ्चालित एडीए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो, जसले विभिन्न प्रकारका ब्रान्डहरुका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्छ । एडीएले आफ्नो डाटा (ड्रिभन एप्रोच)को साथ ३७ करोड ५० लाख ग्राहकहरुलाई उनीहरुको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको जनाइएको छ । आउटरिच नेपाल नेपालमा सर्वाधिक पुरस्कृत विज्ञापन एजेन्सी हो । यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्रान्डहरुका लागि सिर्जनात्मक विज्ञापन अभियानहरुमा काम गर्दै आएको छ ।

एडिए बंगलादेशका प्रबन्धनिर्देशक असरफउल हकले भने, ‘मलाई विश्वास छ, आउटरिचसँगको यो सहकार्यले युनिक डाटा र एनलाइटिक्स ड्रिभन सोलुसन प्रदान गर्नमा मद्दत पु¥याउनेछ । यसले संगठनको रुपमा हाम्रो क्षितिजहरुलाई फराकिलो बनाउँदै डाटा बेस्ड बिजनेस सोलुसनको आधार खडा गर्नेछ ।’ आउटरिच नेपालका संस्थापक प्रबन्धनिर्देशक उजय शाक्यले भने, ‘हामी नेपालमा इन्नोभेटिभ एडभर्टाइजिङ र ब्रान्ड मार्केटिङ प्राक्टिस सुचारु गर्नेे एजेन्सी भएकोमा गर्व गर्दछौँ र त्यही परम्परालाई कार्यरत गर्दै एडीएसँग साझेदारी गरेर डाटा र एनलाइटिक्स ड्रिभन स्ट्राटेजिक एप्रोचको सुरुवात गर्दैछौँ । यसले ब्रान्डहरुका लागि बजारीकरण र व्यापारिक लक्ष्य हासिल गर्नमा मद्दत गर्नेछ । साथै, यसले हाम्रा युवा पुस्ताहरु जो बढी डिजिटलमैत्री छन्, उनीहरुलाई पनि विज्ञापनको क्षेत्रमा आउन आकर्षित गर्नेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया