Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एलएफ एआई र डाटा फाउन्डेसनमा सम्मिलित

ओप्पो एलएफ एआई र डाटा फाउन्डेसनमा सम्मिलित


काठमाडौं ।
ओप्पोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेसनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो संलग्नता जनाएको छ । यसमार्फत नवप्रवर्तन तथा एआई प्रविधिको अंगीकरणका लागि ओप्पोलगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्युनिटिजको प्रवद्र्धनका लागि उल्लेखनीय योगदान पु-याउनेछन् ।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेसनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेसनमा विभिन्न उद्योगमध्येका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेसनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरुबीच सहकार्यको सम्भावनालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्युनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स इन्नोभेसनलाई बढावा दिनु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा डेभलपर्स र पार्टनर्स दुवैका लागि फाइदाजनक ओपन इकोसिष्टमको निर्माण गर्नु ओप्पोको उद्देश्य हो । यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेसन जस्ता समान सोच भएका पार्टनर्स एकअर्काप्रति सहकार्यका लागि आकर्षित हुन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया